श्री सम्पूर्ण साधारण सदस्य ज्यूहरु
स्रोत व्यवस्थापन तथा ग्रामीण सशक्तिकरण केन्द्र(रिमरेक)
धुलिखेल, काभ्रे
उपरोक्त सम्वन्धमा यस संस्थाको कार्य समितिको मिति २०७७ पौष २७ गतेको बैठकको निर्णय अनुसार संस्थाको २० औं बार्षिक साधारण सभा निम्न स्थान, समय र मितिमा हुने निर्णय भएकोले उक्त साधारण सभामा यहाँको अनिबार्य उपस्थितीको लागि हार्दिक अनुरोध गरिन्छ । साथै उक्त साधारण सभा अगावै सदस्यता नविकरण अनिबार्य भएकाले यहि साधारण सभा हुनु अगावै सदस्यता नविकरण गर्नुहुन अनुरोध छ । साथै उक्त नविकरण सम्वन्धि सूचना संस्थाको वेभसाइटमा प्रकाशन गरिएको यस अघि नै सम्प्रेषण गरीसकिएको छ । कारण बस सूचना प्राप्त गर्न नसक्नु भएको भए यसै पत्रलाई आधार मानी उक्त अवधि भित्र सदस्यता नविकरण गर्नुहुन अनुरोध छ ।
साधारण सभा कार्यक्रम
स्थानः धुलिखेल तालिम केन्द्र, धुलिखेल काभ्रेपलाञ्चोक, फोन नं ०११४९०६४२
समय ः बिहान ठिक ११ः०० देखि दिउँसो २ः०० बजे सम्म
मिति ः २०७७ माघ ३० गते, शुक्रवार
भवदीय,
रमेश गौतम
सचिव