सिबिएम नेपालको साझेदारीमा रिमरेक काभ्रेको समन्वय तथा भूम्लु गाउँपालिकाको आयोजनामा सन्चालन भएको समुदायमा आधारित समावेशी विकास अवधारणा अन्तर्गत सबैका लागि समावेशी समुदाय परीये।जना मार्फत स्थानीय सरकारलाई स्वास्थ्य सामाग्री उपलब्ध गराईएको छ ।
विश्वभरी महामारी रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ कारण अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला, बृद्ध तथा बालबालिकाहरु बढी जोखिममा पर्ने भएकाले संक्रमणबाट सुरक्षीत रहन बैशाख २९ र ३० गते रिमरेकका परियोजना प्रबन्धक राजन गौतमले मण्डनदेउपुर नगरपालीका तथा भुम्लु गाउँपालीकामा स्वास्थ्य सामाग्री उपलब्ध गराएको बताउनु भयो ।
गाउँपालिका र नगरपालिकालाई ९०।९० थान जसमा तौलिया ३ सय ६० थान, साबुन १ हजार ४० थान, ब्रस ५ सय ४० थान, स्यानिटाइजर १ सय ८० थान, नेलकटर १ सय ८० थान, सेनिटरी प्याड ३ सय ६० थान, मास्क १ हजार ८ सय थान, वटा, काइयो ५ सय ४० वटा, झोला १ सय ८० थान, मन्जन ३ सय ६० थान, साथै थर्मल गन २ थान सहितके। सरसफाई सामाग्री हस्तान्तरण गरिएको थये। ।
मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईवा र भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरलाई उक्त सामाग्री हस्तान्तरण गर्दै रीमरेकका गौतमले परियोजना मार्फत नागरिकहरुको स्वास्थ्य प्रति सचेतनाका लागि हातेमालोका लागि उक्त सामाग्री उपलब्ध गराएको बताउनु भयो । नगर प्रमुख वाईवाले विपदमा नागरिकको स्वास्थ्यलाई ख्याल गरि सहयोग उपलब्ध गरिएकोमा संस्था र परियोजनालाई धन्यवाद ब्यक्त गर्नु भएको थियो ।
िवपद तथा महामारीमा अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला, बृद्ध तथा बालबालिकाहरु बढी जोखिममा पर्ने भएकाले विशेष निगरानीका लागि स्थानीय सरकारको ध्यान जानु पर्ने गौतमले बताउनु भयो । उक्त अवसरमा रेड्क्रस सोसाइटी बनेपा शाखाले साबुन १ हजार पिस, सेनिटरि प्याड ४ सय पाकेट तथा सेनिटाईजर ८५ पिस सामाग्री मण्डनदेउपुर नगरपालिका नगर प्रमुख टोकबहादुर वाईवालाई हस्तान्तरण गरिएको थियो ।
त्यस्तै आवस्यक थप सरसफाई सामाग्री भूम्लु गाउँपालिकाले खरिद गरि लक्षित समुदायमा पुराउन आवश्यक रहेको भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले बताउनु भयो । न्युन आय भएका ब्यक्ति, महिला तथा पूर्ण रुपमा अपाङ्गता भएका ब्यक्तिलाई केन्द्रीत बितरण गरिनेछ ।